आचार्यको आत्मदाहपछि पोखरामा नेविसंघको प्रदर्शन गृहमन्त्रीको राजीनामा माग
पाेखरा | माघ ११, २०७९
पोखराः पोखरामा नेपाल विद्यार्थी संघ जनप्रिय क्याम्पस समितिले आत्मदाहपछि मृत्यु भएका प्रेमप्रसाद आचार्यको पक्षमा प्रदर्शन गर्दै गृहमन्त्रीको राजीनामा माग गरेको छ ।
आफ्नै शरीरमा आगो सल्काएर आत्मदाह गरेका आचार्यको सरकारले हत्या गरेको भन्दै नेविसंघ जनप्रिय क्याम्पस समितिले पोखरामा प्रदर्शन गर्दै गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको हो ।
पोखराको विभिन्न क्षेत्रमा प्रदर्शनपश्चात् संघले लखनचोकमा कोण सभा गर्दै ‘माफियाको गृहमन्त्री राजीनामा दे’, ‘राष्ट्र रक्षा र जनताको रक्षाको लागि एक हौं’, ‘दुईवटा नागरिकताधारी गृहमन्त्री राजीनामा दे’, ‘बैंकिङ् ज्यादती बन्द गर्’ लगायतका नारा लगाए ।

कोण सभामा बोल्दै विरोध ¥याली प्रदर्शनका संयोजक निर्दोष विक्रम पौडेलले सरकार माफियाहरुसँग मिल्दा साना व्यवसायीले आत्मदाह गर्नुपर्ने अवस्था आएको बताए ।
‘सरकार व्यवसायीको पक्षमा देखिएन, माफियासँग सरकार मिलेको छ एउटा व्यवसायीले आत्मदाह गर्दा सरकार हेरेर बन्छ, पौडेलले भने, ‘अब कुनै व्यवसायीले आत्मदाह गर्न नपरोस भनेर व्यवसायीको पक्षमा प्रदर्शन गरेका हौ, सरकारले सानादेखि ठूला व्यवसायीलाई समान व्यवहार गर्न आवश्यक छ ।’

पौडेलले विदेशमा समेत शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, त्यो आत्महत्या होइन सरकारले गरेको हत्या गरेको बताए ।
‘शरीरमा आगो लगाएर विरोधको प्रतिकार दिने चलन बसेको छ, उनले भने, ‘हिजोको घटना फेरी दोहोरिनु भएन, सबैखाले व्यवसायीको पक्षमा सरकारको ध्यान पुग्न आवश्यक छ ।’
मंगलबार आचार्यले काठमाडौंको नयाँ बानेश्वरमा आफ्नै शरीरमा आगो सल्कारएर आत्मदाहको प्रयास गरेका थिए । शरीरमा आफै आगो लगाएका घाइते भएका आचार्यको उपचारको क्रममा अस्पताल आज बिहान मृत्यु भएको थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

